२६ जेठ २०८३, मंगलबार

ओलीको स्वास्थ्यमा थप सुधार, छिट्टै डिस्चार्ज हुने

कात्तिक १५, २०७५
ओलीको स्वास्थ्यमा थप सुधार, छिट्टै डिस्चार्ज हुने

काठमाडौँ- छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । 

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिनभित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ । 
 

salt training

कमेन्ट गर्नुहोस्