०१ असार २०८३, सोमबार

राउटे बालबालिकालाई पहिलो पटक भिटामिन

कात्तिक १५, २०७५
राउटे बालबालिकालाई पहिलो पटक भिटामिन

दुल्लु- सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ । 

समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो । सरकारी अभियानको पहिलो दिन बुधबार सोे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरीत भएको जनाउँदै खान मानेका थिएनन् । उनीहरुलाई उक्त समुदायमा सञ्चालन भएको ‘राउटे परियोजना’ को पहलमा दोस्रो दिन आज भने औषधि खुवाइएको राउटे समुदायको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले जानकारी दिनुभयो । 
गुराँस गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेतको लेकबेंसी नगरपालिका–९ गंँगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको हो । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेका छन् । कुल १४८ जनाको जनसङ्ख्या रहेको राउटे समुदायमा ७४ बालबालिका छन् । 

salt training

कमेन्ट गर्नुहोस्