०२ असार २०८३, मंगलबार

अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतार प्रहरीबीच सहकार्य

कात्तिक १५, २०७५
अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतार प्रहरीबीच सहकार्य

काठमाडौँ-अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच आज कतारमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, साइबर क्राइमको नियन्त्रणका लागि सहकार्य, अनुसन्धानलाई व्यवस्थित बनाउने लगायतका विषय सम्झौतापत्रमा समेटिएको छ । 

यस्तै मानव ओसारपसारको नियन्त्रण, लागुऔषधको कारोवार नियन्त्रण तथा अन्य द्विपक्षीय सहयोगसम्बन्धी विषय सम्झौतामा उल्लेख भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्