१३ असार २०८३, शनिबार

संविधान विपरीत नागरिकता विधेयकमा संशोधन दर्ता

कात्तिक १६, २०७५
संविधान विपरीत नागरिकता विधेयकमा संशोधन दर्ता

काठमाडौँ–संवैधानिक प्रावधानसँग बाझिने गरी नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता भएको पाइएको छ । 
आजको गोरखापत्र दैनिक लेख्छ–संवैधानिक प्रावधानसँग बाझिने संशोधन प्रस्तावलाई सभामुखले अस्वीकार गर्न सक्ने भए पनि उक्त संशोधन प्रस्ताव स्वीकृत भई दफावार छलफलमा समेत पेस भएको छ । 
गैर आवासीय नागरिकतासम्बन्धी व्यवस्था रहेको संविधानको धारा १४ सँग बाझिने गरी संशोधन दर्ता भएको हो ।
सांसद्द्वय प्रमोद साह र एकबाल मियाले संशोधन विधेयकमा थपिएको दफा ७(क) को व्यवस्था परिमार्जनका लागि संशोधन दर्ता गरेका छन् । जसमा गैरआवसीय नेपालीलाई दिने नागरिकता दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनबाहेक मुलुकमा बसोबास गर्ने नेपाली नागरिकलाई दिन सकिने व्यवस्था गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्