०४ असार २०८३, बिहीबार

सिंहदरबारभित्र यति सस्तो मेनु  (मूल्यसूचीसहित)

कात्तिक १६, २०७५
सिंहदरबारभित्र यति सस्तो मेनु  (मूल्यसूचीसहित)

काठमाडौं-संसद् सचिवालय सिंहदरबारले जसले सस्तोमा राम्रो खुवाउँछु भनेको छ उसैलाई क्यान्टिन चलाउनका लागि टेन्डर दिएको छ । कात्तिक ४ गतेबाट नयाँ व्यवस्थापनले क्यान्टिन चलाउन थालेको छ ।

 क्यान्टिनले ८१ प्रकारका परिकारको सूची बनाएको छ । जस अनुसार दूधको चियाको १५, कालो चिया÷लमेन चियाको ६, प्रति गिलास दूध, लस्सी (नुनिलो, गुलियो, मिक्स), मसरुप सुप, दही, चिकेन सुपको २० रुपिँया मूल्युसूची रहेको छ । भेज मम, पनिर र चिकेन मममा प्रति प्लेट १० वटा नै हुनुपर्ने छ जसमा भेजको मूल्य ४०, पनिर र चिकेनको ७०, एग चाउमिनमा एउटा अण्डा हुनुपर्ने छ यसको मूल्य ४५ रुपियाँ पर्दछ । फ्राई चिकेन करी कम्तीमा १ सय ५० ग्रामको हुनुपर्ने छ, यसको मूल्य प्रति प्लेट ७० रुपियाँ पर्दछ ।

२ सय ५० ग्राम खीरको मूल्य २०, शाकाहारी खानाको १ सय रुपियाँ र मांसाहारी (मटन, चिकेन, फिसकरी) को १ सय ३० रुपिँया पर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्