
हेटौंडा - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पूर्वाधारमन्त्री केशव स्थापित मुखमुखै लागेका छन् ।
मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद् बैठकमा बुधबार चर्काचर्की भएको हो ।
स्थापितले आफूमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन् ।
मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको एक मन्त्रीले जनाए ।
मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको बताएका थिए । त्यसलगत्तै स्थापितले आफ्नो मन्त्रालयले काम गरिरहेको जिकिर गर्दै पौडेललाई अभद्र व्यवहार गरेकाे कान्तिपुरले खबर छापेकाे छ ।