०८ साउन २०८३, शुक्रबार

घर जग्गा पास गर्दा ठूला फाराम नै प्रयोग गर्ने सर्वोच्चको अन्तरिम आदेश

कात्तिक १६, २०७५
घर जग्गा पास गर्दा ठूला फाराम नै प्रयोग गर्ने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले घर जग्गा पास गर्दा ठूलो फारम (लिखत) नै प्रयोग गर्ने अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको केन्द्रीय समितिको तर्फबाट कृष्णप्रसाद दाहालले हालेको रिटमा अन्तरिम आदेश जारी भएको हो । एसोसिएसनले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारण मन्त्रालयलाई प्रतिवादी बनाई १२ कार्तिकमा रिट दायर गरेको थियो । न्यायाधिस इश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश जारी गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारण मन्त्रालयले चलन चल्तीमा रहेको घर जग्गा पास गर्दा ठूला फाराम (लिखत)को सट्टा साना एफो साइजका फारम प्रयोगमा ल्याउन निर्णय गरेको थियो ।

यो आदेशले १५ असोजको नेपाल राजपत्रमा प्रकाशित लिखितका ढाँचाहरु, २३ र २९ असोजमा गरेको परिपत्रलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दाको अन्तिम फौसला नभएसम्म एफो साइजका लिखत प्रयोग गराउने सरकारको निर्णय कार्यान्वयन नगर्न मन्त्रालयको नाममा आदेश जारी गरेको छ ।

सरकारलाई सो ढाँचा परिवर्तन गर्नुको कारण १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यांलय मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्