०१ साउन २०८३, शुक्रबार

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

कात्तिक १६, २०७५
मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् ।

दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

यसअघि उनी वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए । 

उनी कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उनको निजी खर्चमा हुने भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्