२९ असार २०८३, सोमबार

राजकीय सम्मानका साथ पद्मरत्नको अन्त्यष्टि

कात्तिक १९, २०७५
राजकीय सम्मानका साथ पद्मरत्नको अन्त्यष्टि

काठमाडौं– मानवअधिकारवादी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

राजधानीको शोभाभगवतीमा तुलाधरको अन्त्यष्टि गरिएको हो । छोरा सुजन तुलाधरले पद्मरत्नलाई दागवत्ति दिएका थिए ।

त्यसअघि लैनचउरबाट शवयात्रासहित पद्मरत्नको शव शोभाभगवती पु¥याइएको थियो । 

सशस्त्रको एक टुकडीले सलामी अर्पण गरेको थियो । पद्मरत्नको पार्थिव शरीरमा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएका थिए ।

पूर्व मन्त्री समेत रहेका तुलाधरको उपचारको क्रममा आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्