२७ असार २०८३, शनिबार

सरकारी कार्यालय सार्न खोजेको भन्दै विरोध उत्रिए जनप्रतिनिधि तथा राजनीतिक दलसम्म

कात्तिक १९, २०७५
सरकारी कार्यालय सार्न खोजेको भन्दै विरोध उत्रिए जनप्रतिनिधि तथा राजनीतिक दलसम्म

लहान– यहाँस्थित दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै सिरहाका जनप्रतिनिधि तथा राजनीतिक दलले विरोध गरेका छन् । 

प्रदेश नं २ सरकारको निर्देशनमा यहाँस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध गरिएको हो ।

जलस्रोत तथा सिँचाइ कार्यालय सदरमुकाम र खानेपानी तथा सरसफाइ कार्यालय राजविराज सार्न लागिएको भन्दै नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले दुवै कार्यालयमा तालाबन्दी गरेका छन् । नगर सभापति सुनीलकुमार महतोको नेतृत्वमा गएका नेता कार्यकर्ताले जलस्रोत डिभिजन प्रमुखको कार्यकक्ष, योजना शाखा, प्रशासन फाँट तथा खानेपानी डिभिजन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । 

लहान नगर कार्यपालिकाको बैठकबाट कार्यालय अन्यत्र सार्न नदिने निर्णयसमेत गरिएको छ । सिँचाइ कार्यालयको समान बाहिर नलैजान भन्दै उक्त कार्यालयमा नगरपालिकाको तर्फबाट सूचना टाँस गरिएको प्रमुख मुनी साहले जानकारी दिए ।

सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवलेसमेत सो विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । सिँचाइ डिभिजन कार्यालयका प्रमुख श्यामनन्दन यादवले प्रदेश सरकारको निर्णयानुसार सार्न लागिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्