२० असार २०८३, शनिबार

‘साईकलमन्त्री’सँग निवासदेखि सचिवालयसम्म गाडीको लस्कर

कात्तिक २०, २०७५
‘साईकलमन्त्री’सँग निवासदेखि सचिवालयसम्म गाडीको लस्कर

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । 

यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । 

उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । उनी मन्त्रालयले उपलब्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् ।  यसबाहेक उनलार्य गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्