
पोखरा–पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल मंगलबार हुँदैछ । पोखरामा हुने खेलमा उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँदैछ ।
खेल पोखरा रंगशालामा बिहान ११ बजेपछि शुरु हुनेछ । पारस खड्काको चितवन र शरद भेषवाकरको पोखरा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
सोमबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीले फाइनलका लागि आफूहरु तयार रहेको बताइसकेका छन् । सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् ।