
विराटनगर– मोरङका विभिन्न स्थानबाट जुवा खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले विराटनगर ७ कोशी अंचल अस्पतालको पछाडी रहेको सवारी साधन पार्किङ गर्ने ठाउमाबाट ४ जनालाई पक्राउ गरेको हो ।
रूमाल ओछ्याई जुवा तास खेलिरहेको अवस्थामा नगद २३ हजार ३ सय ९० रुपैयाँ समेत बरामत गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी जुवा अन्तर्गत म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं. १६ को गोपाल यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद २८ हजार ३ सय ५६ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कोशी अञ्चल अस्पताल नजिकैबाट पक्राउ पर्नेमा विराटनगर ८ का बिनोद यादव, मनोज यादव, सुवोध पासवान, अजयलाल उराउ रहेका छन् । त्यस्तै विराटनगर १६ स्थित गोपाल यादवको घरबाट पक्राउ पर्नेहरुमा विराटनगर म.न.पा. १६ का सुरेश प्रसाद मण्डल, राज किशोर यादब, सोनु तत्मा, बिष्णु कुमार अर्जेल, नबिन महतो, गोपाल याद, रोहित दास र ज्ञानेन्द्र कार्की रहेका छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।