२७ जेठ २०८३, बुधबार

ब्राउन सुगरसहित रूबि बेगम पक्राउ

कात्तिक २०, २०७५
ब्राउन सुगरसहित रूबि बेगम पक्राउ

लहान- प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो । 

यस्तै सशस्त्र प्रहरीको टोलीले रु पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद गरेको छ । सोमबार लहान नगरपालिका–१९ कटहाचौक र प्रयागपुर गाउँको बीचबाट अवैध मोबाइलसेट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्