
काठमाडौं — पाकिस्तानको प्रधानमन्त्री बनेपछि चीन पुगेका इमरान खानको लाइभ भाषणको बेलामा ठूलो गल्ती भएको छ । सामाजिक सञ्जालमा त्यसको खुबै मजाक उडिरहेको छ ।
बेइजिङमा इमरानले भाषण दिने क्रममा पीटीआईले लाइभ दिएको थियो । लाइभका क्रममा उसले स्क्रीनमा बेइजिङको ठाउँमा बेगिङ (भीख मागिरहेको) लेखिदियो ।
यो गल्ती २० सेकेन्डसम्म देखियो । अनि त ट्वीटेहरूले काम पाइहाले । उनीहरूले ह्याशट्याग बेगिङ राखेर स्क्रीनशट लिँदै मजाक उडाउँदै यसलाई भाइरल बनाए ।
प्रधानमन्त्री बनेपछि इमरान संसारभरिबाट आफ्नो देशलाई सहयोग मागिरहेका छन् । गरीबी घटाउनका लागि उनले तमाम सरकारी खर्चको कटौतीको कोशिश गरिरहेका छन् र प्रधानमन्त्री निवासमा कारदेखि लिएर भैंसीसम्म लिलाम बिक्री गरेका छन् ।
चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको सेन्ट्रल पार्टी स्कूलमा इमरानको लाइभ भाषणमा बेगिङ लेखेकोमा पीटीभीले माफी मागेको छ । इमरान खासमा पाकिस्तानका लागि आर्थिक प्याकेज सुनिश्चित गर्नका लागि चीनको आधिकारिक यात्रामा गएका थिए ।
पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले पीटीभीको स्लगमा भएको चुकको अनुसन्धान गर्न आदेश दिएका छन् ।
एजेन्सी