२७ असार २०८३, शनिबार

नेपालगन्जको फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल साइट बन्दै

कात्तिक २०, २०७५
नेपालगन्जको फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल साइट बन्दै

नेपालगञ्ज– नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल साइट) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ । 

विसं २०७३ भदौमा एशियाली विकास बैङ्क र नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको एकीकृत शहरी विकास आयोजनाबीच सम्झौता भई काम शुरु गरिएको हो । तोकिएको समयमा निर्माण पूरा नभएपछि नौ महीना थप गरिएको छ । करीब १३ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको फोहर सङ्कलन केन्द्र निर्माण भएपछि नेपालगञ्जको फोहरमैलालाई सहजै व्यवस्थापन गर्न सकिने नगर उपप्रमुख उमा थापामगरले बताइन् । 

कूल लागत रु ३३ करोड ८८ लाख २७ हजारमा एकीकृत शहरी विकास आयोजनाले २० महीनामा निर्माण गर्ने गरी रेमकी एण्ड एन ए एन सी जेभि कुलेश्वरलाई सम्झौता गरी निर्माणको जिम्मा दिइएको छ । 

दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता भएको ल्याण्डफिल्डमा फोहर ल्याएपछि पहिले कुहिने खालको फोहरबाट कम्पोष्ट मल तयार गरिनेछ र नकुहिने फोहर सेलमा राखेर माटोले च्यापेर राख्ने नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीले बताए । केन्द्रमा सङ्कलन हुने फोहरबाट तयार गरिएको कम्पोष्ट मल बिक्री गरेर फोहरलाई मोहरमा परिणत गर्ने नगरपालिकाको योजना छ । 

salt training

कमेन्ट गर्नुहोस्