२९ असार २०८३, सोमबार

हत्या गरेको २३ वर्षपछि पक्राउ परे राजेन्द्र राई

कात्तिक २०, २०७५
हत्या गरेको २३ वर्षपछि पक्राउ परे राजेन्द्र राई

काठमाडौं– आफूविरुद्ध काठ तस्करी गरेको सूचना दिएको भन्दै नर्सरीमा काम गर्ने मजदुरको हत्या गर्ने व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन् । 

सुनसरीको साविक प्रकासपुर गाविस–५ स्थित स्थानीय नर्सरीमा कार्यरत नारायण साह ४ कात्तिक २०५२ मा मृत फेला परेका थिए । घटनाको अनुसन्धानपछि सोही ठाउँ बस्ने राजेन्द्र राईको संलग्नता रहेको पत्ता लागेको थियो । 

सर्वोच्च अदालतले ५ चैत २०६० को फैसला गर्दै राजेन्द्र राईविरुद्ध कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद सजाय सुनाएको थियो । 

साहको हत्यापछि फरार रहेका तिनै साही गत शनिवार (कात्तिक १७ गते) पक्राउ परेका छन् । राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सुनसरीको ठाकुरबारीबाट पक्राउ गरेको हो । 

राईले आफूविरुद्ध काठ तस्करी गर्ने गरेको सुराकी गरेको भन्दै नारायण साहलाई कुटेर मारेका थिए । पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि अदालतको आदेशानुसार जिल्ला कारागार उदयपुर पठाइएको सिआईबीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्