.jpg)
काठमाडौं –करीब एक वर्षअघि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई नेपाली कांग्रेसमा समाहित गराएका विजयकुमार गच्छदार पार्टी उपसभापतिमा मनोनित भएका छन् । यससंगै कांग्रेसमा उपसभापतिको संख्या दुई पुगेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार बसेको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको हो । विमलेन्द्र निधि यसअघि नै उपसभापतिमा मनोनित भइसकेका छन् ।
कांग्रेस बैठकले मंसिर पहिलो साता हुने भनिएको महासमिति बैठक मंसिर अन्तिम साता गर्ने निर्णय पनि गरेको छ । मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय पनि केन्द्रीय समिति बैठकले गरेको छ ।