
गोरखा– यहाँ १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव मंगलवार फेला परेको छ । गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यही कात्तिक ८ गतेदेखि हराएका रम्तेलको शव गोरखा नगरपालिका–५ स्थित धारापानी खोलामा फेला परेको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए । शव किरा परी सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको उनले जानकारी दिए । रम्तेल हराएको सूचनाका आधारमा खोजतलास गर्दा मृतावस्थामा भेटाइएको थियो । शवपरीक्षण गरी आजै आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक थापाले बताए ।