१३ असार २०८३, शनिबार

‘कुशल’ बन्याे यो वर्षको उत्कृष्ट कुकुर

कात्तिक २०, २०७५
‘कुशल’ बन्याे यो वर्षको उत्कृष्ट कुकुर

काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रहरीमा कुकुर सेवाको शुरुआत भएको स्वर्णजयन्तीका अवसरमा प्रहरी कुकुर तालीम स्कूल महाराजगञ्जमा आज अपराह्न आयोजित कार्यक्रममा उनले कुकुर स्कूललाई समयसापेक्ष स्तरोन्नति गर्दै लगिने जानकारी दिए ।

उनले कुकुरले पु¥याउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको दक्षतासमेत आवश्यक रहेको बताउँदै कुकुर स्कूलका प्रहरी डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने उल्लेख गरे। कुकुर स्कूलले पु¥याउने सेवालाई अझ बढी चुस्त र व्यावसायिक बनाउन सङ्गठन लाग्ने उनको भनाइ थियो । 

कुकुर तालीम स्कूलका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक डा देउती गुरुङले अपराध अनुसन्धानमा कुकुरले गरेको योगदानबारे प्रतिवेदन प्रस्तुत गरे । सोही अवसरमा महानिरीक्षक खनालले स्कूलको प्राङ्गणमा निर्मित कुकुरको स्मारक उद्घाटन गर्नाका साथै उत्कृष्ट डग ह्याण्डल प्रहरी जवान दीपेश रानाभाटलाई मेडल तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान  गरे  । यो वर्षको उत्कृष्ट कुकुर प्रदेश ४ प्रहरी कार्यालय कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको ‘कुशल’ नामको कुकुर भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्