०२ असार २०८३, मंगलबार

नक्कली सुन किलोका किलो, यसरी पक्राउ परे काराेबारी

कात्तिक २१, २०७५
नक्कली सुन किलोका किलो, यसरी पक्राउ परे काराेबारी

काठमाडौँ - टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँच जना सवार थिए । उनीहरू ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए । 

सुन बेच्नेले उनीहरूलाई सुरुमा कोटेश्वर बोलायो, फेरि सातदोबाटो। सुरक्षाका कारण भन्दै बारम्बार स्थान बदलिरह्यो। थिमि, सूर्यविनायक हुँदै अन्तिममा झन्डै ३ बजेतिर ताथलीमा दुई टोलीको भेट भयो। भेट्नासाथ सुन किन्न आएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो। ग्राहकको भेषमा पुगेकाहरू खासमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी थिए– एक डीएसपी, दुई सई, एक जवान र एक चालक। प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना भने भागेका छन्। ‘सानो टोली हुँदा एक जना भागे पनि अन्यलाई सजिलै नियन्त्रणमा लियौं,’ एक प्रहरीले भने।

महाशाखाले ललितपुर, सातदोबाटोका राजेन्द्र तामाङ, ढोलाहिटीका राजकुमार तामाङ र मातातीर्थका राजु लामालाई पक्राउ गरेको छ। यो गिरोहले संगठित रूपमै नक्कली सुनको कारोबार गर्दै आएको खुलेको छ। कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्