०६ असार २०८३, शनिबार

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण

कात्तिक २१, २०७५
वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण

काठमाडौं  – वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ । 

विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभागी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो । 

सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको श्रम, रोजगर तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्तसचिव रामप्रसाद घिमिरेले बताए । आजको कारोवार दैनिकमा  खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्