२३ जेठ २०८३, शनिबार

वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला

कात्तिक २१, २०७५
वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले इन्ट्रोपेरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टमसम्बन्धी दुईवटा अत्याधुनिक मेसिन खरिद गर्दा झन्डै १० करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । अस्पताल प्रशासनले मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने दुई कम्पनीमध्ये नियमविपरीत कम दर पेस गर्ने कम्पनीलाई अस्वीकृत गर्दै टेन्डर दिएर अनियमितता गरेको हो ।

प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभागका मेडिकल उपकरणका लागि मेसिन किन्न वीर अस्पताल प्रशासनले १८ जेठ २०७४ मा खरिदसम्बन्धी निर्णय गरेको थियो । अस्पतालको खरिद प्रक्रियासँगै मेसिन उपलब्ध गराउनका लागि बायोमेड अन्तर्राष्ट्रिय कम्पनीले प्रतिमेसिन २० करोड ४९ लाख रुपैयाँका दरले दुईवटा मेसिनका लागि ४० करोड ५८ लाखको बोलपत्र पेस गरेको थियो । अर्को कम्पनी हिमालयन मेडिटेकले १५ करोड ९५ लाखका दरले ३१ करोड ३० लाख रुपैयाँको बोलपत्र पेस गरेको थियो ।

यसरी हेर्दा हिमालयन मेडिटेकले बायोमेडले भन्दा ९ करोड २८ लाख रुपैयाँ कमको दररेट पेस गरेको छ । हिमालयनको बोलपत्र स्वीकृत गर्दा राज्यकोषलाई ९ करोड २८ लाख रुपैयाँ बचत हुने अवस्था थियो । तर, वीर अस्पतालले यो तथ्यलाई बिर्संदै बढी बोलपत्र पेस गर्नेलाई स्वीकृति दिएको हो । अाजकाे राजधानी दैनिकमा विस्तृतमा याे खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्