२२ जेठ २०८३, शुक्रबार

कन्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग

कात्तिक २१, २०७५
कन्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग

काठमाडौं– संघीय संसदका निषयगत समितिका सभापति निर्वाचित भइसकेपछि धेरै समापतिको गुनासो थियो–सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए । 
सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको गाडीमा चित्त बुझाएनन् । पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको एजेण्डा नै बन्यो । अनि एजेण्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।
संख्याको हिसावले हेर्ने हो भने संघीय संसद सचिवालयसँग सय भन्दा बढी गाडी छन् । प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवतजावतको लागि प्रयोग गरिएपनि अन्य सवारी पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् । कूल गाडीमध्ये दुई वर्षयता भित्राइएका गाडी नै २५ वटा बढी छन् । यी गाडीसमेत उनीहरुले कन्डिसनमा नरहेको भनदै नयाँ खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका हुन् । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्