०१ असार २०८३, सोमबार

फुटबलमा नेपाल भारतसँग भिड्ने, को को छन् नेपाली टीममा ?

कात्तिक २१, २०७५
फुटबलमा नेपाल भारतसँग भिड्ने, को को छन् नेपाली टीममा ?

काठमाडौँ- ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । 

एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । दुई हप्ता चीनमा अभ्यास गरी नेपाली टोली शुक्रबार म्यान्मा पुगेको हो । 

चीनमा रहँदा नेपाली फुटबल टोलीले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल एक खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली छन् । नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

salt training

कमेन्ट गर्नुहोस्