२४ जेठ २०८३, आइतबार

ट्रम्पद्वारा महान्यायाधिवक्ता सेसन्स बर्खास्त, उनकाे ठाउँ ह्वीटेकरले लिने

कात्तिक २२, २०७५
ट्रम्पद्वारा महान्यायाधिवक्ता सेसन्स बर्खास्त, उनकाे ठाउँ ह्वीटेकरले लिने

काठमाडौं– अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्स पदबाट बर्खास्त भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । 

अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्ग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको पटक–पटक आलोचना गर्दै आएका ट्रम्पले बुधवार ट्वीट गर्दै भनेका छन्, ‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको राम्रो होओस् भन्ने कामना गर्दछौँ।’

तत्कालका लागि सेसन्सको स्थान उनका वरिष्ठ सहयोगी ’चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरले लिनेछन् । राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्