
काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका करिम बेन्जिमाले २ सय गोल पूरा गरेका छन् । बुधबार राति भएको खेलमा चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनविरुद्ध २ गोल गरेसंगै बेन्जिमाले रियलको लागि २ सयौं गोल पूरा गरेका हुन् ।
बेन्जिमाले ४२९ खेलमा २ सय गोल पूरा गरे । उनको गोलसँगै युईएफए च्याम्पियन्स लिग फुटबलमा साबिकको विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।
समूह चरणको खेलमा रियलले चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनलाई ५–० ले हराएको हो । भिक्टोरियाको घरेलु मैदानमा रियललाई जित दिलाउन बेन्जिमाले २ गोल गुर्नका साथै क्यासिमिरो, ग्यारेथ बेल र टोनी क्रुसले एक एक गोल थपे ।
जितसंगै रियल नकआउट चरण नजिक पुगेको छ । समूह ‘जी’ मा रियल ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । १ अंक जोडेको भिक्टोरिया लिगमा पुछारमा छ ।