३० जेठ २०८३, शनिबार

वेश्याघर चलाउने मृत व्यक्तिले जिते अमेरिकी चुनाव

कात्तिक २२, २०७५
वेश्याघर चलाउने मृत व्यक्तिले जिते अमेरिकी चुनाव

काठमाडौं — अमेरिकामा मंगलवार सम्पन्न मध्यावधि निर्वाचनमा तीन हप्ताअघि दिवंगत भएका एक उम्मेदवारले चुनाव जितेका छन् । 

ती व्यक्तिको नाम डेनिस होफ हो र उनी नेभादामा परिचित व्यक्ति थिए । उनले अमेरिकामा अनेकौं वैध वेश्यालय चलाउँथे । 

बहत्तर वर्षीय होफ नेभादाबाटै चुनाव लडिरहेका थिए । अक्टोबर १६ मा आफ्नै वेश्यालयमा जन्मदिन मनाएपछि उनको मृत्यु भयो । 

होप रिपब्लिकन पार्टीका उम्मेदवार थिए । 

मृत्युपछि पनि उनको नाम मतपत्रबाट हटाइएन । उनले ६८ प्रतिशत मत प्राप्त गरे । डेमोक्रेटिक उम्मेदवार लेसिया रोमानोभलाई हराएर ठूलो अन्तरले हराएका हुन् । 

रिपब्लिकन पार्टीले होफको नाम नहटाउने नै निर्णय गरेको थियो । होफले जितेपछि उनको ठाउँमा पार्टीकै अन्य व्यक्तिलाई त्यहाँ नियुक्त गरिनेछ । 

होफले वयस्कहरूको टीभीमा पनि काम गरिसकेका छन् । अमेरिकामा वेश्यालयमा प्रतिबन्ध लगाउने कदमको उनी कडा विरोध गर्थे । वैधानिक रूपमा वेश्यालय चलाउने अनुमति अमेरिकाको एक मात्र राज्य नेभादा हो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्