
काठमाडौं — अहिले सामाजिक सञ्जालमा भूताहा र ज्यानमारा फोन नम्बरको चर्चा चलिरहेको छ । अचम्मको कुरा त, यो नम्बर प्रयोग गर्ने प्रत्येक व्यक्तिको असामान्य मृत्यु भएको छ ।
अहिलेसम्म यस्ता तीन घटना भइसकेको बताइन्छ ।
यो घटना बुल्गेरियाको हो । सबभन्दा पहिला यो नम्बर मोबिटेल कम्पनीका सीईओले किनेका थिए । सीईओ भ्लादिमिर गेसनोभले ०८८८८८८८८८ नम्बर सबभन्दा पहिले आफ्नै लागि जारी गराएका थिए ।
त्यसपछि सन् २००१ मा भ्लादिमिर क्यान्सर लागेर मरे । क्यान्सरबाट मृत्यु भएको खबर आएपनि उनको मृत्युको वास्तविक कारण अर्कै भएको बताइन्छ । यो मोबाइल नम्बर नै उनको ज्यानको दुश्मन भएको बताइन्छ ।
भ्लादिमिरपछि दिमित्रोभ नामक कुख्यात लागूऔषध तस्करले यो नम्बर लिए । नम्बर लिएको केही समयपछि सन् २००३ मा दिमित्रीको हत्या भयो । रुसी माफियाले उनको हत्या गरेको मानिन्छ ।
दिमित्रोभले ५० करोड डलरको कारोबार चलाउँथे भनिन्छ । मृत्यु हुँदा त्यो नम्बर दिमित्रोभसँगै थियो ।
दिमित्रोभको मृत्युपछि यो नम्बर बुल्गेरियाका एक व्यापारी डिसलिभले किने । नम्बर लिएपछि सन् २००५ मा डिसलिभलाई राजधानी सोफियामा गोली हानेर हत्या गरियो । डिसलिभ कोकेनको तस्करी गर्थे ।
तीनजनाको मृत्यु भएपछि सन् २००५ मा यो नम्बर नै सस्पेन्ड गरियो ।
एजेन्सी