१७ असार २०८३, बुधबार

दिपावलीमा करेन्ट लागेर एक बालकको मृत्यु, अर्का एक बालक गाडीमै जले

कात्तिक २२, २०७५
दिपावलीमा करेन्ट लागेर एक बालकको मृत्यु, अर्का एक बालक गाडीमै जले
प्रतिकात्मक तस्वीर

सर्लाही –सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ । 

दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो । 

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्