०२ साउन २०८३, शनिबार

लक्ष्मी पूजाको दिन यस्तो अवस्थामा देखिए शाहिद कपुर

कात्तिक २२, २०७५
लक्ष्मी पूजाको दिन यस्तो अवस्थामा देखिए शाहिद कपुर

मुम्बई– बुधवार (कात्तिक कृष्ण औंसी) अर्थात्, लक्ष्मी पूजा । विश्वभरका हिन्दू धर्मवलाम्बीहरुका लागि एक विशेष दिन हो लक्ष्मी पूजा । खास गरेर नेपाल र भारतमा महत्वका साथ मनाइने पर्व तिहार (दीपावली)को प्रमुख दिन धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । 

धनीदेखि गरिब र नेतादेखि अभिनेता अभिनेत्रीसम्मले बुधवार लक्ष्मी पूजा गरे । बलिउडका चर्चित अभिनेता शाहिद कपुरका लागि यसपटकको दीपावली विशेष हुने नै भयो । 

उनकी पत्नी मिराले केही समय अगाडि मात्रै दोस्रो सन्तानको रुपमा पुत्रलाभ गरेकी थिइन् । तर, लक्ष्मी पूजा गरिसकेपछिको एक तस्बिरका कारण भने शाहिद परिवारको चर्चा अहिले बढेको छ । 

लक्ष्मी पूजा गरिसकेपछि शाहिद र मिराको किस गरेको तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । उक्त तस्बिर मिरा आफैंले उनको इन्स्टाग्राममा शेयर गरेकी थिइन् । 

शाहिदका धेरै फ्यानले उनीहरुको उक्त तस्बिर मन पनि पराएका छन् । तर कतिपयले भने ‘लक्ष्मी पूजाको दिन रोमान्स उपयुक्त नभएको’ भन्दै शाहिद र मिरालाई ट्रोल पनि गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्