०६ असार २०८३, शनिबार

बोक्सी आरोपमा फेरि कुटिइन् राधा

कात्तिक २२, २०७५
बोक्सी आरोपमा फेरि कुटिइन् राधा

धनगढी– बोक्सी आरोपमा  कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरी फेरि कुटिएकी छिन् । 

स्थानीय  कालीचरण चौधरीले उनीमाथि बुधबार साँझ कुटपिट गरेको प्रहरीले जनाएको छ । 

राधाले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले चौधरीलाई नियन्त्रणमा लिइएको र उनीमाथि अपराध संहिता २०७४ अन्तर्गत सजाय हुने जानकारी दिए ।

गत वर्ष फागुनमा पनि स्थानीय झाँक्रीबाट उनी कुटिएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्