
काठमाडौं– आमिर खान र अमिताभ बच्चन अभिनित बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले रिलिजको पहिलो दिनमै यसअघिका सबै रेडर्क तोडिदिएको छ ।
बिहीवार रिलिज भएको फिल्मको हिन्दी भर्जनले भारतमा मात्रै पहिलो दिनमा ५०.७५ करोड रुपैयाँ कमाइ गरेको छ । अन्य भाषा तामिल र तलेगुको कमाइलाई समेत जोड्दा कूल कमाइ ५२.२५ करोड पुगेको छ ।
यसअघि पहिलो दिनमा सबैभन्दा बढी कमाउने फिल्मको रेडक शाहरुख खानसँग थियो । शाहरुख अभिनित चलचित्र ‘ह्याप्पी न्यू इयर’ले ४४.९७ करोड भारु आम्दानी गरेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र अमिताभको ‘ठग्स अफ हिन्दोस्तान’ हेर्न अन्य चलचित्रको भन्दा केही बढी पैसा तिर्नुपर्ने छ । किनकी टिकटको मूल्य नै बढी तोकिएको छ ।
यद्यपि समीक्षकहरुले भने ‘ठग्स अफ हिन्दोस्तान’ लाई खासै राम्रो चलचित्र भनेका छैनन् ।