२३ असार २०८३, मंगलबार

अमेरिका पुगेका मुख्यमन्त्रीको समाचार लेख्ने पत्रकार कुटिए

कात्तिक २४, २०७५
अमेरिका पुगेका मुख्यमन्त्रीको समाचार लेख्ने पत्रकार कुटिए

काठमाडौं– प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको पुष्टि गरेको छ ।

हाल न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका लोकमणि राईले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयोगीको साथीले कुटेको दावी गरेका छन् । राईले स्टाटसमा लेखेका छन्, ‘नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर उनका निकट सहयोगी पारूहाङ राईका सोल्टी उमेश राईले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्यो । कुन अस्पताल ल्यायो थाहा छैन । अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोगको अपिल गर्दछु ।’

लोकमणि राई अहिले अमेरिकाबाट सञ्चालित बीआरटी नेपाल डट कममा सम्पादक छन् । मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को स्वीकृति बमोजिम जर्मनी हुँदै अमेरिका पुगेको दावी गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्