२१ जेठ २०८३, बिहीबार

बारामा जिप र ट्याक्सी ठोक्किए : तीन जनाको मृत्यु, दुई घाइते

कात्तिक २४, २०७५
बारामा जिप र ट्याक्सी ठोक्किए : तीन जनाको मृत्यु, दुई घाइते
सन्दर्भ तस्वीर

बारा– बाराको निजगढमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिप र विपरित दिशाबाट आइरहेको बा २ ज  २११७ नम्बरको ट्याक्सी शनिबार राति करिब १ बजे आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा परी बारा निजगढ नगरपालिका ७ का वर्ष २५ का आकाश माझी, सोही ठाउँका विशाल माझी र भक्तपुरका वर्ष २८ का समुद्र श्रेष्ठको मृत्यु भएको हो ।  दुर्घटनामा परेका श्रेष्ठको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो भने अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको निजगढ प्रहरीले जनाएको छ । 

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्