
शहिद कपूर तथा मीरा कपरको जोडी बलिउडको चर्चित जोडी मध्ये एक हो ।
दुबै जना सामाजिक सञ्जालमा आफ्ना आकर्षक तस्वीर शेयर गरिरहेका हुन् । केही दिन पहिला दिवालीको अवसरमा शाहिद मीराको एक फोटोले सामाजिक सञ्जाल तातेको थियो ।
चुम्बन गरिरहेको फोटोमा उनीहरुका धेरै फ्यानहरुले कमेन्ट गरेका थिए । त्यसपछि मीरा कपूरले सामाजिक सञ्जालमा आफ्नो छोराको तस्वीर सार्वजनिक गरेकी थिइन् ।
मीराले इन्स्टाग्राममा आफ्ना छोरा जैन कपूरको पहिलो तस्वीर सार्वजनिक गरेकी हुन् । फोटोमा जैन निकै क्यूट देखिएका छन् । फोटो सामाजिक सञ्जालमा राखिएसँगै भाइरल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मीरा ले जैनलाई यसै वर्षको पाँच सेप्टेम्बरमा जन्म दिएकी थिइन् । जैन २ महिनाका भएका छन् । उनको पहिले तस्वीर सामाजिक सञ्जालमा पहिलापटक देखिएको हो ।