२६ असार २०८३, शुक्रबार

मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिललका अनुसार- मुटु रोगका प्रमुख लक्षणहरु यी हुन्

कात्तिक २४, २०७५
मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिललका अनुसार-  मुटु रोगका प्रमुख लक्षणहरु यी हुन्

जनचेतनाको  कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ  मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र  समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख  कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने  गरेको तथ्यांक छ । 

समय  मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उप्चार पाउने रोग लाई  सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ । र यसको  लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ।

रोगले जटिल्ता  ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले  , लक्षणकै आधारमा रोगको शुरुवातमै पत्तालगाउनु पर्छ।

अधिकांश  मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् ।  मुटुरोग विशेषज्ञहरुले पनि यिनै  लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा  केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ । 

यी लक्षणहरुको  बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही  सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटुरोगका प्रमुख लक्षणहरु (Symptoms)

छाती  दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र  बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण  हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । 

लक्षणहरुको राम्रो विश्लेषण  (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता  अनुसार चिकित्सको परामर्श (Cardiology Consultation )लिन सक्नेछन् ।

मुटुरोग पत्ता लगाउनमा जोखिमहरुको (Risk Factors) बारेमा जानकारी जरुरी  

लक्षणलाई  समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता  लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन (Smoking) , मुधुमेह (Diabetes),  उच्चरक्तचाप (High BP), उच्चकोलेस्ट्रोल (High Cholesterol) , मोटोपना  (Obesity) , अत्याधिक मदीरापान, मानसिक तनाव (Stress) , वंशाणुगत (परिवारमा  मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क  फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।

 एक  भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ ।रिस्क फैक्टर्स  बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ ।  त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक  हुन्छ ।

1)छाती दुख्नु (Chest Pain, Angina)  

छाती  दुख्नु/ पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर  यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई,  फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम  गरेपछि कम हुने प्रकृतिको हुन्छ ।

खोक्दा,  दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन  र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा  द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको  सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर  मांसपेशीको दुखाइ ले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा  (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु,  स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्नु पर्छ ।

2)स्वाँस्वाँ हुनु (Breathlessness)  

स्वाँस्वाँ  हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि  (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक  भएमा पनि स्वाँस्वाँ हुनसक्छ ।

प्राय:  उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु,  थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति)  हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

3)मुटु ढुकढुक हुनु  (Palpitation) 

मुटु  ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना,  अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो  अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर  मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको  लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा  हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

4)खुट्टा सुन्निनु (Leg Swelling, Edema) 

खुट्टा  सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा,  मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार  पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन  सामान्य मानिन्छ ।

 खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण  देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

5)बेहोश हुनु (Loss of Consciousness, Syncope)  

बेहोश  हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ ।  स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य  दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार  गर्नु उचित हुन्छ ।

6)थकाई लाग्नु (Fatigue) 

थकाई  लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको  केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु,  जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु  लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

माथि  उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन। यि लक्षण  हरुलाई त्यो ब्यक्ती को उमेर, स्वास्थ्य अवस्था, मुटुरोगका जोखिम्हरु,  बंषाणुगत् कारण, लक्षण को तिब्रता र समय आदी कुरा हरुमा भर्पर्छ। तर जरुरी  कुरा के हो भन्ने तपाईं सँग यस्ता केही लक्षण छन्न भने चिक्तसक को प्रामर्श  लिनु राम्रो हुन्छ।      

salt training

कमेन्ट गर्नुहोस्