
ईसापूर्व ३० मा इजिप्टकी महारानी भएकी क्लियोपेट्रा आफ्नो सुन्दरताका लागि प्रसिद्ध थिइन् ।
त्यस समयका दिग्गजहरू उनको पाउमा लुटपुटिन पाए अहोभाग्य सम्झन्थे । सुन्दरता कायम राख्नका लागि उनी डायटमा बडो ध्यान दिन्थिन् । के खान्थिन् र गर्थिन् त उनी ?
गधीको दूध : इतिहासकारहरूका अनुसार क्लियोपेट्रा दिनदिनै ७०० गधीहरूको दूधले नुहाउँथिन् । उनको अनुपम छाला यही स्नानका कारण भएको विश्वास गरिन्छ ।
बीयर : क्लियोपेट्रा जौबाट बनेको बीयर पिउने गर्थिन् अनि त्यसै बीयरले नुहाउने गर्थिन् । उनको सुन्दर छाला र कपाल बीयरकै कारण भएको बताइन्छ ।
अनार : उनी दिनदिनै अनार खान्थिन् । अनारकै कारण उनको वजन ठीक्क रहन्थ्यो र अनुहारमा चमक आउँथ्यो ।
अञ्जिर : चमकिलो र मुलायम छालाका लागि उनी दिनदिनै अञ्जिर खान्थिन् ।
छोकडा : स्वास्थ्य कायम राख्न उनी छोकडा खान्थिन् । यसले उनको थकान भाग्थ्यो र छालामा चमक कायम हुन्थ्यो ।
बदाम : उनी बदाम खाने गर्थिन् जसका कारण नङहरू सुन्दर रहन्थे अनि त्वचा कमलो रहन्थ्यो ।
पाउरोटी : गहुँ र जौबाट बनेको पाउरोटी नखाई क्लिायोपेट्रालाई चित्तै बुझ्दैनथियो । -एजेन्सी