धनकुटा, ३० मंसिर–संघीय लिम्बुवान पार्टी नेपालले बन्दको आह्वान गर्दा धनकुटासहित पूर्वका नौ जिल्ला प्रभावित भएका छन् ।

लिम्बुवानका बन्दका कारण कोशी राजमार्गमा भाडाका सवारीसाधन चल्न सेका छैनन् भने उद्योग, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द छन् ।
संघीय लिम्वुवान पार्टीले राज्य पुर्नसंरचना गाँउपालिका तथा नगरपालिकाको गठन, भ्रष्टाचार, महंगी, कालोबजारी तथा घुसखोरी अन्त्य गर्न सरकार असफल भएको भन्दै बन्दको आह्वान गरेको जनाएको छ ।