
पाल्पा– पाल्पामा भएको जिप दुर्घटनमा ८ जना घाइते भएका छन् । पालुङबाट तानसेन आउँदै गरेको लु १ ज १४९६ नम्बरको जिप रिब्दिकोट गाउँपालिका वडा नम्बर ७ स्थित जंगलमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घाइते भएका ८ जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइँदैछ । घाइते मध्ये ४ जना गम्भिर अवस्थामा रहेको । जिप आइतबार बिहान करिब पौने ११ बजे दुर्घटनामा परेको हो ।
थप विवरण आउन बाँकी छ ।