
धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको वेनीघाट रोराङ गाउँपालिका–५ विशालटारमा ग्यासको बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
भारतबाट काठमाडौं आउँदै गरेको यूपी ७५ एटी ५२०८ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा २ जना पैदल यात्रीको मृत्यु भएको हो ।
ग्यास बुलेटको ठक्करबाट गम्भीर घाइते भएका २ जनाको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको ग्यास बुलेट सडकबाट २० फिट तल खसेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
मृत्यु भएका २ जनाको पहिचान खुलेको छैन ।