२५ असार २०८३, बिहीबार

पिकअपको ठक्करबाट झापामा महिलाको मृत्यु

कात्तिक २५, २०७५
पिकअपको ठक्करबाट झापामा महिलाको मृत्यु

बनियानी-  झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् । 

उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्