०१ असार २०८३, सोमबार

पत्रकार खशोग्गीको हत्याका विषयमा भयो खतरनाक खुलासा

कात्तिक २५, २०७५
पत्रकार खशोग्गीको हत्याका विषयमा भयो खतरनाक खुलासा

काठमाडौं — साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा नयाँ र खतरनाक खुलासा भएको छ । 

टर्कीको सबह पत्रिकाले शनिवार छापेको समाचार अनुसार, खशोग्गीका हत्याराहरूले उनको हत्या गरेपछि शरीरलाई एसिडमा डुबाएर नालीमा फ्याँकिदिएका थिए । कसैको नाम नलिइकन सूत्रहरूलाई उद्धृत गर्दै पत्रिकाले लेख्यो,
इस्तानबुलको साउदी वाणिज्य दूतावासको नालीबाट लिइएको नमूनामा तेजाबको अंश भेटिएको छ । 

खशोग्गीलाई अक्टोबर २ तारिखमा बिहेसम्बन्धी कागजात मिलाउन साउदी दूतावास प्रवेश गरेको देखिएको थियो । त्यसपछि उनको अत्तोपत्तो छैन । 

साउदी अरबले निकै नाइँनास्ति गरेपछि उनको हत्या भएको स्वीकार गरेको थियो । टर्कीका अधिकारीहरूले खशोग्गी हत्यामा साउदीका उच्चपदस्थ अधिकारीको हात रहेको बताएका छन् भने केही अधिकारीहरूले त युवराज
मोहम्मद बिन सलमानकै हात रहेको संकेत गरेका छन् । 

टर्कीका राष्ट्रपतिका सल्लाहकार यायकिन आक्तेले खशोग्गीको शवलाई तेजाबमा डढाइएको बताएका छन् । 

अनुसन्धानमा सहयोग गर्नका लागि साउदी अरबले पठाएका दुई विज्ञले प्रमाण नष्ट गरेको टर्कीका अधिकारीहरूको आरोप छ । 

खशोग्गीकी टर्कीश प्रेमिका ह्याट्टिस सेंगिजले ट्विटरमा लेखिन्, ‘म आफ्ना पीडाका भावनालाई अभिव्यक्त गर्न सकिरहेकी छैन । जमाल, तिनीहरूको तिम्रो शरीरलाई कसरी सिध्याए । उनीहरूले तिम्रो हत्या गरे अनि शरीर काटे । मलाई
र तिम्रो परिवारलाई तिम्रो शोकसभा आयोजना गर्न र तिम्रो शरीरलाई मदीनामा गाड्न पनि उनीहरूले अवसर दिएनन् ।’  

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्