
काठमाडौं– तीनवटा राप्रपाबीचको एकता तत्कालका लागि टरेको छ । कमल थापा नेतृत्वको राप्रपा र पशुपती शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच चुनाव चिह्नको विषयमा कुरा नमिल्दा पूर्वपञ्चहरुको एकता तत्कालका लागि भाँडिएको हो ।
यसअघि एक भएर पुनः विभाजित भएका पार्टीबीच चुनाव चिह्नकै विषयमा कुरा नमिल्दा एकता प्रक्रिया तत्कालनका लागि स्थगित भएको हो ।
पार्टी एकता र चुनाव चिह्नको विषयमा कमल थापा र पशुपती शम्शेर राणाबीच आइतवार करिब १ घन्टा छलफल भएको थियो । राणाले एकतापछि पार्टीको चुनाव चिह्न हलो हुनुपर्ने अडान लिएका थिए भने थापाले गार्इ हुनुपर्ने बताउँदै आएका थिए ।
अन्ततः दुवै नेताले आफ्नो अडान नछाडेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि टरेको थापा नेतृत्वको राप्रपाका एक नेताले जानकारी दिए ।