
काठमाडौं–महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरी टोलीले चावहिल चोकबाट विभिन्न कम्पनीका ७ थान चोरीका मोबाईल र नगद ६ हजार रूपैया सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला रामेछाप खनियापानी नगरपालीका ७ घर भई काठमाण्डौ मुलपानी डेरा गरी बस्ने वर्ष १८ को दिपेश खड्का रहेको प्रहरीले जनाएको छ ।
उनलाई चावहिल चोकबाट उक्त मोबाईलहरू र नगद सहित पक्राउ गरिएको हो ।