१९ असार २०८३, शुक्रबार

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

कात्तिक २५, २०७५
पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

काठमाडौँ-विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् । 

बेलायतका विद्धत समूहले स्थापना गरेको वल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको हो । 

पशुपतिनाथलाई ऐतिहासिक पुरातात्विक महत्वको पुरानो मन्दिर र लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको धरोहर शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको संस्थाले जनाएको छ । उक्त प्रमाणपत्र काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारतको लोकसभा अन्तर्गतको रक्षासम्बन्धी समितिका अध्यक्ष कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्