०२ असार २०८३, मंगलबार

चिकित्सक अभावमा बलात्कारमा परेकाको स्वास्थ्य परीक्षणमा समस्या, प्रमाण नष्ट हुने डर

कात्तिक २६, २०७५
चिकित्सक अभावमा बलात्कारमा परेकाको स्वास्थ्य परीक्षणमा समस्या, प्रमाण नष्ट हुने डर

सुर्खेत– यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् ।

पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

पीडित र पीडक दुुवैको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसकेका कारण अनुसन्धानमा प्रभाव परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ र तालीम प्राप्त चिकित्सक नभएको प्रतिक्रिया दिएपछि प्रहरीको अनुसन्धानका साथै पीडित महिला समस्यामा परेका हुन् ।
 
प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले आफूहरुले असहयोग गर्न नचाहेको तर गत भदौ ४ गते आएको राजपत्रले विशेषज्ञ तथा तालीम प्राप्त चिकित्सक तोकेकाले उक्त जनशक्ति नभएको स्वास्थ्य परीक्षण गर्न नसकिएको जानकारी दिए । पीडित महिलालाई कालिकोट जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गर्न पठाएको बताउँदै परीक्षण कार्य ढिलाइले प्रमाण नष्ट हुने डर भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्