०८ असार २०८३, सोमबार

बाख्रा चराउन गएकी बालिका कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा मृत फेला

कात्तिक २६, २०७५
बाख्रा चराउन गएकी बालिका कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा मृत फेला

गाईघाट- उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । 

मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । 

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कार पछि छोरीको हत्या गरेको जिकिर गर्नुभयो ।गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उहाँले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्