२६ असार २०८३, शुक्रबार

बेहुलीझैं सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर

कात्तिक २६, २०७५
बेहुलीझैं सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर

विराटनगर– चार दिनअघि विराटनगरको बजार झट्ट हेर्दा लाग्थ्यो बेहुलीझैँ सिँगारिएको छ । चारैतिर झिलिमिली अनि सयपत्री र केराका बोटले छपक्कै ढाकिएको थिए ।  तर आज ४ दिन पछिको विराटनगर त्यो रहेन । बजार फोहोरका डङगुरले भरिएको छ । 

लक्ष्मी पूजामा सजाइएका केराका बोट, सयपत्री फूल अनि बनावटी कागजका फालिएका मालाहरू विराटनगरको मेन रोडका चोकचोकमा थुपारिएका छन् । आमसर्वसाधरण यतिवेला मुख र नाक थुन्दै माक्स लगाएर हिँड्न बाध्य छन् । बजार क्षेत्रका ठूला व्यापारीहरूले आफ्नो पसलमा सजाएका केराका बोटहरू सडकमा जथाभावी फालिदिँदा झनै फोहोर भएको हो । बजार क्षेत्रमा अहिले एक सातादेखि फोहोर उठाइएको छैन । 

फोहोरको कारण यस्तो
विराटनगर महानगरपालिकाको सरसफाइको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट गु्रप नेपालले महानगरभित्र सरसफाइ गर्ने जिम्मा पाएको छ । महानगरपालिका र वेष्ट मेनेजमेन्ट प्रा.लि.बाट खटाइएका करिब २ सय जना सरसफाइ गर्ने  कर्मचारी छन् । 

फुल टाईम र पार्ट टाईम गर्ने २ सय कर्मचारी यतिबेला आन्दोलनमा उत्रिएका छन् । दशैंको बोनस र तलव वृद्धीको माग गरेर अहिले आधा कर्मचारी आन्दोलनमा छन् । काम नै ठप्प पारेर सरसफाइ कर्मचारीहरु काममा नआउँदा फोहोर व्यवस्थापनमा महानगरपालिकालाई समस्या भएको हो । 

कर्मचारीले गत असोज २० गते दशैं अगावै बोनस र तलव वृद्धीको माग राखेर आन्दोनमा उत्रिएका थिए ।  उनीहरुले दशै बोनस उपलब्ध गराउनका साथै तलव वृद्धीको माग राखेर गत असोज २० देखि २३ गते सम्म काम ठप्प पारेर वेष्ट मेनेजमेन्टको कार्यालय घेराउ गरेका थिए । 

वेष्ट मेनेजमेन्ट प्रा.लि.का परियोजना प्रमुख देवीप्रसाद आर्चयसँग वार्ता र छलफलपछि कर्मचारी पुनः काममा खटिएका थिए । दशैंपछि बोनस दिने सर्तमा आफूहरु  काम खटिएको सरसफाइ कर्मचारी राजु मरिकले बताए । तर दशैं पछि पनि उक्त बोनस नदिएपछि अहिले आफूहरु अन्दोलनमा उत्रनु परेको मरिकले बताए । 

हरेक बर्ष दशै अगावै तलव र दशैं बोनस दिने गरेको भए पनि यसपटक नदिएपछि उनीहरु आन्दोलित भएका हुन् । सरसफाइ कर्मचारी अनितादेवी मरिकले नियमित पाउँदै आएको सेवा सुविधा नदिएपछि काम ठप्प पारेर आन्दोलन गरेको बताइन् । विराटनगर महानगरपालिकाले वेस्ट मेनेजमेन्ट कम्पनीलाई ५ बर्षका लागि फोहोर उठाउने जिम्मा दिएको थियो । विराटनगर महानगरपालिकामा अहिले दैनिक एक सय १० टन फोहोर संकलन हुन्छ । 

यता फोहोरमैला उठाउने जिम्मा पाएको वेष्ट मेनेजमेन्ट परियोजनाका प्रमुख देवीप्रसाद आर्चयले कर्मचारी आन्दोलनमा भएका कारण फोहोर नउठेको बताए । सरसफाइ गर्न कर्मचारीहरुसँग छलफल भइरहेको उनले बताए । आज र भोलिसम्म समस्याको समाधान भइसक्ने र बजारको फोहोर उठ्ने आचर्यले दावी गरे । वेष्ट मेनेजमेन्ट प्राईभेट कम्पनी भएको कारण कर्मचारीलाई उपलब्ध गराउने आर्थिक रकम  जुटाउन धौ–धौ हुने गरेको परियोजना प्रमुख आचर्यले दुखेसो पोखे ।

salt training

कमेन्ट गर्नुहोस्