१३ असार २०८३, शनिबार

नेपालगञ्ज-नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल शुरु

कात्तिक २६, २०७५
नेपालगञ्ज-नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल शुरु
सन्दर्भ तस्वीर

राँझा-नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो ।

छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उक्त विमानस्थललाई विस्तार गर्दै भारतको दिल्लीसम्म उडान गर्नसके नेपालगञ्जको विकास हुने भएकाले यसमा जिल्लास्थित राजनीतिक दल, उद्योगी व्यापारीसमेत एकताबद्ध भएको छलफल आयोजक नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।

क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थलका रुपमा विस्तार गर्नुपर्ने नेकपाका जिल्ला नेता अकलबहादुर बमले बताउनुभयो । उक्त विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्धएयरले अनुमति पाइसके पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या भएको जनाएकाले त्यसलाई हटाउन सङ्घीय सरकारसमक्ष स्थानीयस्तरबाट पहल गरिएको उहाँले जानकारी दिनुभयोे । 

salt training

कमेन्ट गर्नुहोस्